खोलाले बगाएर ९ जनाको ज्यान गयो

लमजुङको दोर्दीखाेलामा आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा आएको बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जनाको शव दोर्दी गाउँपालिका–४ नौंथरमा भेटिएको छ भने अन्य शव माथिल्लो दोर्दी जलविद्युत आयोजना नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उता, बाग्लुङको ढोरपाटन नगरपालिका–९ उत्तरगंगामा नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नदी तर्ने क्रममा ढोरपाटनका ४५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ भने २२ वर्षीय सेते विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विकको शव पाँच सय मिटर तल पुर्याएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
अविरल वर्षका कारण देशभर मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको