यता बिपिको स्मृति मनाइरहदा उता सिन्धुलीको दुम्जामा बिपिको घर ढलेको कस्ले देख्ने ?

सिन्धुली – बीपीले भनेका थिए, देश निर्माणको योजना बनाउँदा गाउँको झुपडी अगाडि राखेर बनाउनु । यो  त्यही झुपडी हो, जहाँ बीपीका पिताजी कृष्णप्रसाद कोइराला जन्मनुभएको थियो । यो मुलुकमा २०४६ सालपछि दुई दशकभन्दा बढी सत्तामा नेपाली कांग्रेसले मोज र भोज गर्यो । यद्यपि, यो झुपडीलाई संरक्षण गरी पर्यटनको विकासका कहिल्यै ध्यान दिइएन ।

अहिले यो झुपडीको हालत यस्तो छ । खरको छाना फेर्न बीपी सङ्ग्रहालयले पाँच वर्षअघि दिएको ५० हजारले छानो निकालियो तर नयाँ छानो नहालिएका कारण यसपटकको वर्षामा भत्कन पुगेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा दुम्जाको यो पवित्र स्थलको विकासका लागि बजेट विनियोजन गरिए पनि काम हुन सकेन । अघिल्लो वर्ष पनि केन्द्रीय बजेटका रुपमा प्राप्त ५० लाख राजनीतिक खिचातानीका कारण ल्याप्स हुनपुग्यो । यसमा बीपी सङ्ग्रहालयको हस्तक्षेपकारी भूमिका नै प्रमुख जिम्मेवार रहेको आरोप स्थानीयको छ ।

ऐतिहासिक दुम्जा पार्क निर्माणका लागि तीनतीनवटा उपभोक्ता समिति निर्माण भएपछि प्रदेश सरकारले बजेट कसलाई दिने भन्दै एउटै समिति बनाउन निर्देशन दिएको थियो । तर एउटै समिति निर्माणमा सहमति जुटाउन नसकेपछि बजेट ल्याप्स भएको हो ।

सुनकोशी गाउँपालिका वडा नम्बर १ मा रहेको सो क्षेत्रलाई पुनर्निर्माण गरे पर्यटकीय हिसाबले पनि राम्रो हुने स्थानीयको भनाइ छ ।

तस्वीर : बच्चु कोइरालाको फेसबुकबाट

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको