यता बिपिको स्मृति मनाइरहदा उता सिन्धुलीको दुम्जामा बिपिको घर ढलेको कस्ले देख्ने ?

सिन्धुली – बीपीले भनेका थिए, देश निर्माणको योजना बनाउँदा गाउँको झुपडी अगाडि राखेर बनाउनु । यो  त्यही झुपडी हो, जहाँ बीपीका पिताजी कृष्णप्रसाद कोइराला जन्मनुभएको थियो । यो मुलुकमा २०४६ सालपछि दुई दशकभन्दा बढी सत्तामा नेपाली कांग्रेसले मोज र भोज गर्यो । यद्यपि, यो झुपडीलाई संरक्षण गरी पर्यटनको विकासका कहिल्यै ध्यान दिइएन ।

अहिले यो झुपडीको हालत यस्तो छ । खरको छाना फेर्न बीपी सङ्ग्रहालयले पाँच वर्षअघि दिएको ५० हजारले छानो निकालियो तर नयाँ छानो नहालिएका कारण यसपटकको वर्षामा भत्कन पुगेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा दुम्जाको यो पवित्र स्थलको विकासका लागि बजेट विनियोजन गरिए पनि काम हुन सकेन । अघिल्लो वर्ष पनि केन्द्रीय बजेटका रुपमा प्राप्त ५० लाख राजनीतिक खिचातानीका कारण ल्याप्स हुनपुग्यो । यसमा बीपी सङ्ग्रहालयको हस्तक्षेपकारी भूमिका नै प्रमुख जिम्मेवार रहेको आरोप स्थानीयको छ ।

ऐतिहासिक दुम्जा पार्क निर्माणका लागि तीनतीनवटा उपभोक्ता समिति निर्माण भएपछि प्रदेश सरकारले बजेट कसलाई दिने भन्दै एउटै समिति बनाउन निर्देशन दिएको थियो । तर एउटै समिति निर्माणमा सहमति जुटाउन नसकेपछि बजेट ल्याप्स भएको हो ।

सुनकोशी गाउँपालिका वडा नम्बर १ मा रहेको सो क्षेत्रलाई पुनर्निर्माण गरे पर्यटकीय हिसाबले पनि राम्रो हुने स्थानीयको भनाइ छ ।

तस्वीर : बच्चु कोइरालाको फेसबुकबाट

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको