अस्थायी दरबन्दीमा कर्मचारी भर्ना गर्दै सरकार, कुन मन्त्रालयमा कति ?

काठमाडौँ- सरकारले युवा रोजगारी समन्वयको लागि विश्‍व बैंकले दिएको १ सय २० मिलियन अमेरिकी डलर करीब १३ अर्ब रुपैँया स्विकार गरेको छ।

यस्तै नेपाल बन्दरगाह प्राधिकरण सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति स्वकृति दिएको छ। नेपाल राजपत्र मिति २०११/११ को खण्ड ६३को प्रकशित सूचना खारेज गर्न र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गैर कर र राजश्वको दरमा भन्‍ने परियोजना स्वीकृत गरिएको छ।

यस्तै विभिन्‍न परियोजना सञ्‍चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका दरबन्दीरु स्वीकृत गर्ने निर्णय गरिएको छ। जस अन्तर्गत खानेपानी मन्त्रालय २१३ जना, वन तथा वातावरण मन्त्रालय ५० जना, श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयमा ७२६ जना कर्मचारी दरबन्दी गरिएको छ।

यस्तै भारतीय नागरिक मोन्सीलाल पासीको नागरिकताको प्रमाण पत्र खारेज नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ। यस्तै नेपाली राष्ट्रिय परिचय पत्रमा हाल कायम रहेको कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गरी निर्णय गरिएको छ।

यस्तै कञ्‍चनपुर जिल्लामा मृत्यु भएको चन्द्रदेव भट्टको परिवारलाइ राहतस्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै रौतटहमा जीप दुर्घटनामा परी मृत्यु हुनेहरु मुकेश भनिने मन साह र रमेश कुमार चौधरीको परिवारलाइ प्रति परिवार राहत स्वरुप पाँच लाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ।

यस्तै नारायणघाट मग्लिन सडक खण्डका इन्टर लेन लेभलका सडकहरुलाई डब्बल लेनमा कायम गर्न सार्वजनिक खरिद नियमावली र वातावरणीय पर्यावरण अध्ययन समेत गरी ठेक्काबाट निर्माण गर्ने गरी स्वीकृति दिइएको छ।

बर्दगोरिया १३२ केबी सब स्टेशन कैलालीका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। यस्तै नेपाल उड्डयन प्राधिकरणको ऐन बनाउन स्वीकृति दिइएको छ भने नेपाल हवाइ प्राधिकरण ऐन बनाउन स्वृति प्रदान गरिएको छ।

यस्तै प्यूठान जिल्ला पाण्डवी गाउँपालिकाको नयाँ गाउपालिकाको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका वडा नम्बर ३ मा कायम गर्ने निर्णय गरिएको छ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको