काठमाडौं – आज (शुक्रबार) पनि देशभर मौसम बदली भई देशका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशााखाले जनाएको छ।

साथै पश्चिम तथा पूर्वी तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

मनसुनको न्यून चापिय रेखा नेपाल भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय छ। अहिले (बिहान) देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भईरहेको छ ।

आजको मौसम

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी तथा तराई भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै आज रातीति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । पहाडी तथा तराई भेगका एक दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

शनिबारको मौसम

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का देखि मध्ययम वर्षा हुनेछ ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

आइतबारको मौसम

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्ययम वर्षा हुने छ ।

आइतबार राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्ययम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here