गाउँपालिका कार्यालयमै वडा अध्यक्षको मदिरा पसल, सेवाग्राही र कर्मचारी दिउँसै ‘झ्याप’मा

बैतडी – बाँयातिर नेपाली झण्डा गाडिएको छ । भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ । एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ । तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको सिगास गाउँपालिकामा दिनानुदिन चलिरहेको छ ।

सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा उपलब्ध गराइएको छ ।

गाउँपालिकाको यही भवनमा सिगास गाउँपालिका वडा नं. ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गर्नुभएको छ ।

गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा भेटिने गरिएको स्थानीयको जनगुनासो छ ।

मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताउनुभयो ।

गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्देशिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय दिक्क भएका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको