निर्मला प्रकरणको एकवर्ष : दोषी पत्ता लगाउन नसक्नुमा सरकारलाई लगायो कांग्रेसले ७ गम्भीर आरोप

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज  एकवर्ष पुरा भएको छ ।  एकवर्ष पुरा हुँदा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुख  व्यक्त गरेको छ ।

एकवर्षका बीचमा दोषीको पहिचान हुन नसक्नु दुःखद त छ नै, यस्तो प्रकृतिको घटना झनै बढेर जानु अझ दुःखद छ ।  कांग्रेसले यो र यस्ता घटना बारे संसद, मिडिया र सार्वजनिक कार्यक्रम लगायत विविध माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको विज्ञप्तिमा जनाएको छ । निर्मला प्रकरण एकवर्ष पुगिरहँदा नेपाली कांग्रेस यस सम्बन्धमा श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई ऐना देखाउन चाहेको पनि बताएको छ  ।

१. दोषी जोगाउने प्रपन्च
निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।

२. निर्दोषलाई दोषी ठह¥याउने प्रयत्न
घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिपसिं विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो । केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटना भन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो ।

३. जनप्रदर्शनमा मारिए बालक
दोषीमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार ग¥यो । प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए । दर्जनौ घाइते भए ।

४. गैह्र जिम्मेवार अभिव्यक्तिहरू
यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो । स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुनेछ’ । नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?

५. प्रहरीलाई बदनाम गराउने षडयन्त्र 
अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ? यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो ।

६. सरकार असफल
अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ ।

७. गम्भीर वहसको खाँचो 
निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पुरा
हुन्न । निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनैतिक दलहरुको साझा कर्तव्य र संचार माध्यम लगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउन चाहन्छ ।

निर्मला पन्तको आत्मालाई शान्तिको कामना यही इमानदार प्रयत्नबाट मात्रै हुन सक्दछ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको