कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्न कांग्रेसको माग, नवराज सिलवालको असहमति

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरि सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने तर्क समेत गरे । सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने सांसद कँडेलको माग छ ।

सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने कांग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए। उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसरसहितको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताए।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कारबाही नगर्ने पदाधिकारीलाई पनि कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकार तयार रहेको बताएका थिए।

दण्डित गर्नुपर्ने कर्मचारीलाई दण्डित नगर्ने पदाधिकारीलाई पनि कारबाही गरेर मात्रै कर्मचारी प्रशासनलाई सुधार गरेर लैजान सकिने मन्त्री पण्डितको तर्क छ। मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताएका थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको