काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । शनिबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकार्वाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनकपुरभित्रका केही जिल्ला बन्दको घोषणा गरिएको छ । जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ ।
सो पार्टीका उपत्यका इन्चार्ज समेत रहेका माइला लामालाई गत साउन ४ गते काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो । लामालाई बम विष्फोट लगायतका मुद्धा दायर गरी नख्खु जेल चलान गरिएको छ ।