कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।

बोर्डका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण गरेको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।

बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । दुई वर्षअघिसम्म साइन्स समूहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो ।

यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसै गरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सिफारिस

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’  यस वर्ष फोटो पत्रकार रमिता छुँजुलाई...

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ।  शनिबार काठमाडौँमा आयोजना गरिएको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको...

राज्यमन्त्री कान्छारामको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

काठमाडौं - प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले...

अस्ताउँदो सूर्यको पूजा गर्दै यसरी मनाइयो छठ (तस्वीरहरू)

काठमाडौं-  छठ पर्वको आज मुख्य दिन। अस्ताउँदो सूर्यलाई अर्घ्य...

पाटन दरबार क्षेत्रमा कार्तिक नाच सुरु

काठमाडौँ - तीन सय ८३ वर्षदेखि चलेको कार्तिक नाच...

ललितपुरको दल्चोकीमा ढकमक्क फुलेको तोरी (तस्वीरहरू)

ललितपुर - ललितपुरको कोन्ज्योसोम गाउँपालिका ३ दल्चोकीमा तोरी फुलेर...

धेरै पढिएको