हिजोको संसद बैठक हेरेपछि विद्यार्थीको अनुभव : संसद् पनि सडकजस्तै रहेछ

काठमाडौं – विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन् । तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए । उनीहरूका हातमा नोटबुक थियो ।

सदन सुरु भयो । राष्ट्रिय गान बज्यो । सभामुख, मन्त्री र सांसद उठे । दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे । राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अगाडि बढाउन खोजे । त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जर्याकजुरुक्क उठेर बेल घेराउ गर्न पुगे ।

उनीहरू ‘संंसदीय सर्वाेच्चता कायम गर्, संसदीय समिति गठन गर्, भन्ने नारा लगाउन थाले । यो दृश्य देखेर विद्यार्थीहरू मुखामुख गर्न थाले । कतिपय अलमलमा परे । कतिपय हतास देखिन्थे । कोही अब के हुने हो भन्दै आत्तिए ।

सभामुख महराले पटक–पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे । तर, प्रतिपक्षी दलको विरोध जारी रह्यो । करिब ४० मिनेट नाराबाजी चल्यो । अन्ततः सभामुखले बैठक स्थगन गरे । कानुन बनाउने संसद्को गतिविधि देखेर विद्यार्थी निराश बने । केहीले संसद् भवनलाई पनि सडकको संज्ञा दिए ।

नवयुग मावि, नाइटिंगललगायत चार विद्यालयका विद्यार्थी थिए । अरू विद्यार्थी फर्किए पनि नवयुगका भने संसद् बैठक अवरुद्ध हुनुको कारण बुझ्न केही समय त्यहीं अडिए । सत्तारुढ दल नेकपाका उपनेता सुवास नेम्बाङ बैठकबाट बाहिरिए । उनीहरूले नेम्बाङसँग प्रतिनिधिसभा गठन प्रक्रियादेखि यसले गर्ने कामबारे जिज्ञासा राखे ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीको बाइलाइनमा समाचार प्रकाशित छ ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको