हिजोको संसद बैठक हेरेपछि विद्यार्थीको अनुभव : संसद् पनि सडकजस्तै रहेछ

काठमाडौं – विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन् । तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए । उनीहरूका हातमा नोटबुक थियो ।

सदन सुरु भयो । राष्ट्रिय गान बज्यो । सभामुख, मन्त्री र सांसद उठे । दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे । राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अगाडि बढाउन खोजे । त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सांसद जर्याकजुरुक्क उठेर बेल घेराउ गर्न पुगे ।

उनीहरू ‘संंसदीय सर्वाेच्चता कायम गर्, संसदीय समिति गठन गर्, भन्ने नारा लगाउन थाले । यो दृश्य देखेर विद्यार्थीहरू मुखामुख गर्न थाले । कतिपय अलमलमा परे । कतिपय हतास देखिन्थे । कोही अब के हुने हो भन्दै आत्तिए ।

सभामुख महराले पटक–पटक विपक्षी सांसदलाई बस्न आग्रह गरे । तर, प्रतिपक्षी दलको विरोध जारी रह्यो । करिब ४० मिनेट नाराबाजी चल्यो । अन्ततः सभामुखले बैठक स्थगन गरे । कानुन बनाउने संसद्को गतिविधि देखेर विद्यार्थी निराश बने । केहीले संसद् भवनलाई पनि सडकको संज्ञा दिए ।

नवयुग मावि, नाइटिंगललगायत चार विद्यालयका विद्यार्थी थिए । अरू विद्यार्थी फर्किए पनि नवयुगका भने संसद् बैठक अवरुद्ध हुनुको कारण बुझ्न केही समय त्यहीं अडिए । सत्तारुढ दल नेकपाका उपनेता सुवास नेम्बाङ बैठकबाट बाहिरिए । उनीहरूले नेम्बाङसँग प्रतिनिधिसभा गठन प्रक्रियादेखि यसले गर्ने कामबारे जिज्ञासा राखे ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीको बाइलाइनमा समाचार प्रकाशित छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको