‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतबारे आस्था राउतले पोखिन् यस्तो आक्रोश

काठमाडौं – पछिल्लो समय बजारमा आर्जन पाण्डेले गाएको एउटा गीत चर्चामा रहेको छ। चर्चाको कारण गीत राम्रो भएर होइन, महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएरकोले विवादमा तानिएको छ ।

केहि दिनअघि पाण्डेले आफ्नै युट्युब च्यानलमा रिलिज गरेका ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले आम दर्शक/स्रोतामात्रै उत्रिएका छैनन्, संगीतकर्मी र कलाकारले पनि विरोध जनाइरहेका छन्।

गीतमा महिलालाई निकै होच्याइएको छ। गीतमा गायक आर्जन स्वयं मोडल छन्। विडम्बना त के छ भने आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी रीमा विश्वकर्माले समेत अभिनय गरेकी छिन्।

गीतको विषयलाई लिएर कलाकार निर्मल शर्माले स्टाटस लेख्दै भने ” बजारमा नयाँ गित आएको रहेछ,गितमा पुरषले महिलालाई भन्छ ‘घाँटी भन्दा तल त राम्रीनै छे’ भगवान संग कामना गर्छु यो गित मेरो छोराहरुले सुनेर नगाईदीउन र श्रीमती ममी दिदी बहीनीको अगाडी मैले लाजले मुख छोप्न नपरोस !! म महीलाहरुलाई ३३% हैन,५०% नै हुनुपर्छ भन्ने पक्षमा छु,र महिला हिंसा बिरुद्दमा आवाज उठाउनेहरुको कान सम्म पुगोस यो गित !!”

यस्तै गीत सुनेपछि गायिका आस्था राउतले  फेसबुकमा स्टाटस लेखेकी छन्। उनले “केटी मान्छेको घाँटी भन्दा तल​को गीत लेख्ने गाउनेले आफ्नै घाँटी भन्दा माथिको गिदी चेक गर्न जाओ” भन्दै आक्रोस पोखेकी हुन्।

यस्तो छ गीत 

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको