भ्यु टावर बनाउने ठेक्का पाएका भेटवालसहित ४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

हुन्डीमार्फत विदेशी विनिमय अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

राजश्व अनुसन्धान विभाग हरिहरभवनले मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मनोज पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक समेत हुन्।

निशा गुरुङले सिंगापुरमा रहेका आफन्त तथा साथीभाइसँग रकम संकलन गरी गैर कानूनी रुपमा रकम भित्र्याएको विभागको दावी छ। उनले काठमाडौं भ्यू टावरमा लगानी गर्ने भनी रकम संकलन गरेकी थिइन्।

उनले राजकुमार विष्ट र उनका भाइ शिव विष्टको सहयोगमा साढे ४ करोड बढी रकम ल्याई विभिन्न व्यक्तिहरुलाई वितरण गरेको विभागले जनाएको छ।

राजकुमार निशाको कम्पनी अभिताभ मल्टी पर्पोजका कर्मचारी समेत हुन्। सो कम्पनीले कुनै पनि कारोबार नगरेको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको विभागले जनाएको छ।

तर उक्त कम्पनीको बैंक खाताबाट भने ठूलो रकम बारम्बार संकलन हुने र झिक्ने गरेको देखिएको छ। कुल ४ करोड साठी लाख रुपैयाँ विगो कायम गरी प्रतिवादीहरु राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटुवाल र निशा गुरुङलाई विगोको ३ गुणा सजाय तथा ३ वर्ष कैदको माग गरी विभागले मुद्दा दर्ता गरेको छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको