फेरि मनसुन सक्रिय, यस्तो छ तीन दिनको मौसम

काठमाडौं – अबको दुई/तीन दिनमा मनसुनी गतिविधि पुनः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर रहेको महाशाखाले जनाएको छ । तर, अबको २/३ दिनपश्चात न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण अबको २/३ दिन पछि मनसुनी गतिविधि बढ्ने महाशाखाको आँकलन छ ।

अहिले भने देशका धेरै जसो स्थानमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । त्यस्तै केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

बिहीबार (आज) दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने संभावना छ । शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने तथा राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको