प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ। कांग्रेसले सोमबार सरकारविरुद्ध देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो।

सरकारविरुद्धको विरोध प्रदर्शन र आयोजित विरोधसभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्लामा खटाइएको थियो।

सोमवारको प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभालाई सम्बोधन गरेका थिए ।

त्यस्तै नेता अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन र गुरुराज घिमिरे खोटाङको कार्यक्रमलाई सम्बोधन गरेका थिए।

पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here