काठमाडौं – रेबन्ता बुढाथोकी, सरन पंगेनी र सुमन अधिकारीको अभिनित ‘के बाच्नु र चोटै चोट सहि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ  ।

आरसी न्यौपानेको शव्द रहेको गीतमा सन्ध्या बुढा (काउली बुढी) र मन्जीत पहाडीको आवाज रहेको छ । गीतमा अर्जुन रसाईँलीको संगीत रहेको छ भने यो गीतलाई मेशना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

मेशना डिजिटलले बजारमा ल्याएको गीतको भिडियो निर्देशन रोशन परियारले गरेका छन् । गीतमा रेबन्ता बुढाथोकी र सरन पंगेनीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

एक दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेकी रेबन्ताको यो गीतमा दमदार अभिनय देख्न सकिन्छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रमाउँदै आएकी उनको गीतले राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here