दहीसँग यी चिज भुलेर पनि नखानुस्

दूधबाट बनेको परिकारलाई दही भनिन्छ l दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् भने कम मात्रामा दही खान मन नपराउनेहरू पनि पाइन्छ । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ l

हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ l तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन l जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।

दहीसँग खानै नहुने यी चिजहरु ।

केरा र दही : केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ l यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

चीज र दही : आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

मासको दालसँग दही : मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

आँप र दही : गर्मी फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ । किनकि दुई विपरीत हुन्, एउटा शीतकारक हुन्छ भने आँपले गर्मी हुन्छ l सो कारण यी दुई खानेकुरा सँगै सेवन नगरौँ l

– मेडिकल रिपोर्टहरुको सहयोगमा

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको