निर्वाचन आयोगले तोक्यो उपनिर्वाचन गर्ने मिति, कहिले हुँदैछ उपनिर्वाचन ?

काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचन गर्नका लागि मिति तोको छ । उसले सरकारलाई मंसिर १५ अघि तीनै तहमा उपनिर्वाचन गर्नका लागि सुझाव दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस गरिएको जानकारी दिए।

यसअघि प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा उपनिर्वाचनका लागि उपयुक्त मिति सिफारिस गर्न भनेकाले मंसिर १५ अघि उपयुक्त ठानिएको उनले बताए । यद्यपी राजनीतिक दलहरुसँगको सहमतिमा मन्त्रिपरिषदले उपनिर्वाचनको मिति तय गर्नेछ।

निर्वाचन आयोगको विवरण अनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनु पर्नेछ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको छ।

त्यस्तै बाग्लुङ २ ख बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ख बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ख बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली भएका छन्।

त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि सो नगरपालिका प्रमुखविहीन छ भने तीन वटा गाउँपालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै हुनुपर्नेछ। एक ठाउँमा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको