नेपाली जनताले कहिलेसम्म हरियो तरकारी र फलफूलसंगै बिषादी सेवन गर्ने ?

  • रामेश्वर शर्मा भुर्तेल

हुन त मान्छेलाई थाहा छ स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो तर पनि स्वास्थ्य जस्तो संवेदनशील सवालमा समेत मान्छे असाध्यै असंवेदनशील बनेको देखिन्छ। नेपाली जनता खासगरी राजधानी लगायतका शहरका बासिन्दा बिषाक्त तरकारी र फलफूल खान बाध्य छन् । यो तथ्यको उद्घाटन बजार अनुगमनकर्ता सरकारी निकायबाटै भएको हो ।

भारतबाट नेपाल भित्रिने तरकारी, फलफूल र माछामा जनस्वास्थलाई नितान्त प्रतिकूल असर पार्ने मात्रामा बिषादीको प्रयोग हुनेगरेको तथ्य एकातिर उद्घाटित भएको छ भने अर्कातिर नेपालभित्रै पनि तरकारी उत्पादन गर्दा जानी नजानी कीटनाशक बिषादीको प्रयोग अत्यधिक मात्रामा हुनेगरेको खुलाशा भएको छ ।

तरकारी र फलफुलमा यति धेरै विशाक्त किटनाशक औषधी प्रयोग हुन्छन् किन? यस्ता फलफूल तरकारी खाएर सर्वसाधारण उपभोक्ता काल निम्त्याइरहेका छन् भन्ने अनुभूति हुन्छ । विशाक्त सुई लगाएर फलफूल तरकारीलाई हेरिरहुँ जस्तो लाग्ने खालको बनाइन्छ । यस्ता तरकारी फलफूल खानका लागि होइन, हेर्नका लागि मात्रै पाइने अबस्था छैन । यो दुखद छ । आजभोलि खुलेआम विष विषादीको खेतीपाती एवं बिक्रीवितरण भइरहेको देखिन्छ । मान्छेले पैसा तिर्छ र तरकारी किन्छ । तर ‘हरियो बिष’ सित्तै प्राप्त गर्छ । भन्नुको मतलव, हरियो तरकारीको साथमा उसले ‘हरियो बिष’ पनि प्राप्त गर्छ ।

हरियो तरकारी साथमा घर–घरका भान्सामा त्यो हरियो बिष पनि पाक्छ र जान अन्जानरुपले सेवन गरिन्छ । वास्तवमा भन्ने हो भने बिष सेवन गरेर बॉचिरहेको छ मान्छे । बिषालु बनेको छ समय । बिषाक्त छन् हामीले उपभोग गर्ने फलफूल, तरकारी एवं अन्य खाद्यजन्य पदार्थहरु । वर्षाको याम छ । फलफूल तथा हरियो तरकारीको बिक्रीवितरण ह्वात्तै बढेको छ । सँगसँगै चोकचोकमा बिषको पनि व्यापार भइरहेको छ भन्दा हुन्छ । बजारमा बिक्री हुने हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा उच्च रहने गरेको पाइन्छ । ऑप केरा बिषादीयुक्त औषधिले पाकेका छन् । तरकारी कीटनाशक औषधि, ‘पेस्टिसाइड’ ले फलेको छ । लौका–कॉक्रालाई पनि खोप चाहिन्छ या भिटामिन खुवाउनुपर्छ । फ्रिजमा राखेका लौका कॉक्राहरु आपसेआफ मोटाउ‘छन् । तिनको आकार बदलिन्छ, तौल बदलिन्छ । जमाना जादूले चलेझै लाग्छ । तर यसरी कति दिन चल्ला र ? भन्ने मात्रै एउटा प्रश्न हो । हामी बिष सेवन गरेर अमृतको आश गर्छौं । पैसा तिरेर किनेको चिज हो, खाए फाइदै गर्ला, शक्ति मिल्ला र हामी तागतिलो बनौंला भन्ने मान्छेको विश्वास हुन्छ । बिडम्बना † परिणाम त उल्टो पो हात लाग्छ । मान्छे झन कमजोर बन्छ । भित्रभित्रै खोक्रो बन्दै जान्छ । उसलाई स्लो पोइजन (सुषुप्त बिष)ले क्रमशः सिध्याइरहेको हुन्छ । ऊ विभिन्न खाले नयॉ नयॉ रोगहरुको शिकार बन्न थाल्छ । यसप्रकार प्रत्यक्ष अप्रत्यक्षरुपले ऊ आफ्नै आयु चपाइरहेको हुन्छ र ओकलेको हुन्छ पीडाको राग ।

यो कुनै एक व्यक्ति, वर्ग वा समुदायमात्रैको समस्या होइन । आम नेपालीको कथाव्यथा यही हो । खाद्यपदार्थमै बिष घुसेपछि र सिंगो समयनै बिषाक्त बनेपछि बॉच्ने सम्भावना कसैको पनि रहदैन । विषसँग पनि खेलवाड भइरहेछ देशभर । यो निकै गम्भीर, दुःखलाग्दो र खेदजन्य विषय हो । यो तत्काल बन्द गरिनुपर्छ । बिष भनेको मान्छेले चाखेर विचार गरौं भन्ने चीज होइन । त्यो त मान्छेको लागि यमराज हो । यो देशलाई यमलोक बनाउने प्रयत्न कहीं कतैबाट हुनुहुदैन ।

अफसोच † जानाजान त्यस्तो भइरहेको छ र पनि हामी केवल मूकदर्शक बनेका छौं । सरकार निरीह देखिएको छ । यस्तो स्थितिको तत्काल अन्त्य हुनुपर्छ । कृषिजन्य वस्तुमा समेत बढ्दो परनिर्भरता र विषाक्त खाद्य वस्तुको आयातबाट उपभोक्ता वर्गको स्वास्थमाथि पर्ने प्रतिकूल असरबारे अब पनि विचार नपुर्याउने हो भने यसबाट एकातिर मुलुकको अर्थतन्त्र अरू धरासायी बन्दैजाने निश्चित छ भने अर्कातिर नागरिकहरू रोगी बन्दैजाने आशंका पनि उत्तिकै छ । हरेक वर्ष आकाशिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने गरी कृषि उत्पादनलाई प्रोत्साहन दिने खालको राष्ट्रिय नीति अख्तियार हुनुपर्छ ।

आफै अनुमान गरौं हामीले किनेर खाने हरियो तरकारीमा कति बिष हुदो रैछ भन्ने कुरा । तरकारीमा बिषादीको मात्रा मापन गर्ने वैज्ञानिक यन्त्रलाई स्पेट्रोफोटोमिटर’ भनिन्छ । यसलाई प्रयोगमा ल्याउनका लागि दक्ष प्राविधिक जनशक्ति पनि चाहिन्छ । हाल काठमाडौ, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मात्र यो सुविधा प्राप्त गरेको छ । तरकारीको बिष नाप्ने मेशिन नै राखेर परीक्षण शुरु गरिएको छ । अधिकांश तरकारी खानै नहुने विषाक्त भेटिएका छन् तर बजारमा खुलेआम तिनको बिक्री वितरण भइरहेको छ । सरकारले अहिलेसम्म अख्तियार गरेको उपेक्षापूर्ण कृषिनीतिले गर्दा भारतको संरक्षित र प्रोत्साहित कृषिजन्य वस्तुको उत्पादनसित नेपालको कृषि उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने कुनै सम्भावना छैन । सरकार अहिले सन्निकट नयाँ आर्थिक वर्षका लागि बजेट बिनियोजन पनि गरिसकेको छ ।

मुलुकको यो संवेदनशील पक्षमाथि ध्यान पुर्याएर किसानहरूलाई उत्पादन वृद्धितिर प्रोत्साहित र आकर्षित गर्ने नीति सरकारले अख्तियार गर्नुपर्दछ । कृषिमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन, निर्बाहमुखीभन्दा व्यवसायमुखी उत्पादनतिर आकर्षण बढाउन र उत्पादित वस्तुको संरक्षित बजार व्यवस्थापन गर्नतिर प्रतिबद्ध प्रयास गर्ने हो भने केही वर्षभित्रै यसको सकारात्मक असर देखिनसक्छ । आयातित विषाक्त खाद्यवस्तुको मार खेप्दैजानुपर्ने अवस्थाको अन्त्य गर्न अब पनि कदम नचाल्ने हो भने कृषिजन्य वस्तुमा बढ्दो परनिर्भरताले देश र जनता दुवैलाई बिकराल समस्याको चंगुलमा पार्ने कुरामा कुनै सन्देह छैन ।

किसानबाट ठेकेदार तथा बिचौलिया हुदै बजार आइपुगेको तरकारी फिर्ता पठाउने वा नष्ट गर्ने भन्नेबारे नेपाल सरकारसँग अहिलेसम्म न कुनै कानून छ न त त्यसले निर्धारण गरेको कार्यविधि वा निर्देशिका । केही महिनादेखि मेसिनबाट परीक्षण शुरु गरिए पनि त्यसले अस्वस्थ एवं बिषाक्त किटान गरेको तरकारी नै खान विवश छन् राजधानीबासीहरु । काठमाडौं उपत्यका बाहिर त झन परीक्षण मेसिन नै उपलब्ध छैनन् । अन्धाधुन्द तरीकाले बिक्रीवितरण भइरहेछ हरियो तरकारीको साथमा हरियो विष प्राप्त भईरहेको छ।

स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य कार्यालय एवं स्वास्थ्यसँग सम्बन्धित अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले फलफूल तथा तरकारीमा पाइने अत्यधिक विषादीलाई नियन्त्रण गर्न सार्थक प्रयास गर्नैपर्छ । स्वास्थ्य जस्तो संवेदनशील सम्पत्तिलाई कमजोर पार्ने गरी भइरहेको खेलवाडलाई जसरी भए पनि तत्काल रोक्नुपर्छ । उपभोक्ता समूह (सिङ्गो उपभोक्ताहरु), नागरिक समाज र समाजका अन्य चेतनशील वर्ग सबैले यो विषयलाई गम्भीरताका उठान गर्नुपर्छ । भनिन्छ, अति भए खति हुन्छ । हामीमा त्यो खालको खति या क्षति भइनै रहेको छ । विषादीजन्य फलफूल, तरकारी एवं अन्य खाद्यपदार्थले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेकै छन् । यसले गर्दा क्रमशः जनताको स्वास्थ्य कमजोर हुन गई भोलि स्वच्छ जनशक्ति नै नपाइने हो कि भन्ने खतरा समेत बढ्न थालेको छ । त्यतातिर पनि सरोकारवाला सबैको बेलैमा ध्यान जानु जरुरी छ । भोलि यो मुलुक दुर्वल, अशक्त र रोगीहरुको घर नबनोस् ।

काठमाडौं नेपाल

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको