वडा कार्यालयमा ग्यास सिलिण्डर विष्फोट

  • शंकर बरुवाल 
रामेछाप -रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको वडा कार्यालयमा शनिबार बिहानी पख अज्ञात पक्षले खाना पकाउने सिलिण्डर ग्यास विष्फोट गराई कार्यालयमा क्षति पुरयाएको छ । कार्यालय भित्र विष्फोट गराइएको वडाअध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।
स्थानीयका अनुसार शनिबार बिहान २ः३० बजेतिर ठूलो आवाजका साथ कार्यालयमा विष्फोट भएको थियो । कार्यालयको माथिको जस्ता निकालि भित्र पसेर कार्यालयको बिच पर्ने गरि विष्फोट गराइएको वडाअध्यक्ष कार्कीले बताए । विष्फोटनबाट कार्यालयमा राखिएका दराज, र्याग र त्यसमा राखिएका कागजपत्रहरु जलेर नष्ट भएका छन् । यसैगरी एउटा कम्प्युटरमा पनि क्षति भएको छ ।
चार कोठे सो भवनको वडाअध्यक्षको कार्यकक्षमा रहेको एक कम्प्युटर तथा कागजातहरु भने सुरक्षित रहेका छन् । विष्फोटबाट वडा कार्यालय भवनमा सामान्य क्षति पुगेको छ । घटना कसरले गरायो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समुहले गराएको विस्फोट बम नभै ग्यास सिलिन्डर रहेको बताए ।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको