आज मित्रता दिवस : किन चाहिँन्छ साथी ?

आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्ट महिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो बिश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंग संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ ।

पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीबनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।

साथीको महत्व

पारिवारिक सम्बन्ध बाहेक पनि हामीलाई हरपल साथ दिदैँ हाम्रो हात समाएर र साथ निभाएर हरेक पाइला चाल्न उचित सहयोग र मार्गदर्शन गर्ने साथी हुन्छ । हरेक परिस्थितिमा हामीलाई साथ दिने व्यक्तिहरुलाई हामी साथी भनेर सम्बोधन गर्ने गछौँ । साथीको उपस्थितिले हाम्रो मनमा उमंग र हर्ष भर्ने मात्र नभएर हामी भित्र उर्जा भरिदिन्छ । साथीबिनाको हाम्रो जीवन कल्पना गर्न योग्य नै हुँदैन । जीवनकालमा केहि परिस्थिति, केहि कारणले हामीसँग जोडिन पुग्ने हाम्रा साथीहरु कोहि हाम्रो बोली, कोहि व्यवहार, कोही मिल्दो सोच या कोहि यतिकै प्रवाभित भएका हुन्छन् । हामी भित्र गुम्सिएर बसेका कुरा सुनि दिने र सुझाव दिएर हाम्रो समस्या समाधान गर्न मद्दत गर्ने पनि साथी हुन्छन् । मनको साइनोले हामीसँग जोडिएका व्यक्ति हुन् साथी । साथीको बयानमा शब्द कम पर्छन । तर पनि हरेकको जीवनमा साथीको महत्वलाई यसरी समिक्षा गर्न सकिन्छ ।

१) मानसिक र शारीरीक रुपले मजबुद रहन
असल साथीसँग विताइएको केहि समयले पनि हामीमा बेग्लै फुर्ति भर्नुका साथै हामीलाई स्वास्थ्य रहन पनि मद्दत पु¥याउँछ । साथीहरु सँगै हुनाले रोग चाडो निको हुने एक अध्ययनले देखाएको छ । साथीभाई नजिक हुँदा तनावबाट छुट्कारा पाउन सकिन्छ । साथै असल निर्णय गर्न पनि एक असल साथीको साथले मद्दत पुग्छ ।

२) एकान्त कम गर्न
एकान्तमा हामी चाहिने भन्दा निकै सोचेर आफैलाई हानी पु¥याइराखेका हुन्छौँ । यस्तो समयमा हामीलाई बुझ्ने र सो अनुरुप सुझाव दिने व्यक्तिहरु आवश्यक पर्छन । केहि आफ्ना समस्याहरु प्रिवार भन्दा पनि साथीभाईलाई बताउन सहज हुन्छ । त्यस्तो समयमा साथीको कमिले हामीलाई झन पिरोल्छ । त्यसैले साथीले एकान्त हटाउन पनि मद्दत गर्छन ।

३) जीवनलाई रमाइलो बनाउन
साथीले हाम्रो जीवनमा खुसीको अनेकौँ रङ्ग भरिदिन्छन् । साथीको उपस्थितिले परिवारको कमि महशुश हुन दिँदैन त्यसैले परिवारबाट टाढा बस्ने व्यक्तिहरु प्राय साथीको निटक बस्न रुचाउँछन् । साथीले माया, साथ, केयर गर्ने साथै निर्णय लिन मद्दत गरेर अघि बढ्न मद्दत गर्ने हुनाले सधै आफू वरपर असल साथीहरुलाई राख्नुपर्छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको