आज मित्रता दिवस : किन चाहिँन्छ साथी ?

आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्ट महिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो बिश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंग संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ ।

पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीबनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।

साथीको महत्व

पारिवारिक सम्बन्ध बाहेक पनि हामीलाई हरपल साथ दिदैँ हाम्रो हात समाएर र साथ निभाएर हरेक पाइला चाल्न उचित सहयोग र मार्गदर्शन गर्ने साथी हुन्छ । हरेक परिस्थितिमा हामीलाई साथ दिने व्यक्तिहरुलाई हामी साथी भनेर सम्बोधन गर्ने गछौँ । साथीको उपस्थितिले हाम्रो मनमा उमंग र हर्ष भर्ने मात्र नभएर हामी भित्र उर्जा भरिदिन्छ । साथीबिनाको हाम्रो जीवन कल्पना गर्न योग्य नै हुँदैन । जीवनकालमा केहि परिस्थिति, केहि कारणले हामीसँग जोडिन पुग्ने हाम्रा साथीहरु कोहि हाम्रो बोली, कोहि व्यवहार, कोही मिल्दो सोच या कोहि यतिकै प्रवाभित भएका हुन्छन् । हामी भित्र गुम्सिएर बसेका कुरा सुनि दिने र सुझाव दिएर हाम्रो समस्या समाधान गर्न मद्दत गर्ने पनि साथी हुन्छन् । मनको साइनोले हामीसँग जोडिएका व्यक्ति हुन् साथी । साथीको बयानमा शब्द कम पर्छन । तर पनि हरेकको जीवनमा साथीको महत्वलाई यसरी समिक्षा गर्न सकिन्छ ।

१) मानसिक र शारीरीक रुपले मजबुद रहन
असल साथीसँग विताइएको केहि समयले पनि हामीमा बेग्लै फुर्ति भर्नुका साथै हामीलाई स्वास्थ्य रहन पनि मद्दत पु¥याउँछ । साथीहरु सँगै हुनाले रोग चाडो निको हुने एक अध्ययनले देखाएको छ । साथीभाई नजिक हुँदा तनावबाट छुट्कारा पाउन सकिन्छ । साथै असल निर्णय गर्न पनि एक असल साथीको साथले मद्दत पुग्छ ।

२) एकान्त कम गर्न
एकान्तमा हामी चाहिने भन्दा निकै सोचेर आफैलाई हानी पु¥याइराखेका हुन्छौँ । यस्तो समयमा हामीलाई बुझ्ने र सो अनुरुप सुझाव दिने व्यक्तिहरु आवश्यक पर्छन । केहि आफ्ना समस्याहरु प्रिवार भन्दा पनि साथीभाईलाई बताउन सहज हुन्छ । त्यस्तो समयमा साथीको कमिले हामीलाई झन पिरोल्छ । त्यसैले साथीले एकान्त हटाउन पनि मद्दत गर्छन ।

३) जीवनलाई रमाइलो बनाउन
साथीले हाम्रो जीवनमा खुसीको अनेकौँ रङ्ग भरिदिन्छन् । साथीको उपस्थितिले परिवारको कमि महशुश हुन दिँदैन त्यसैले परिवारबाट टाढा बस्ने व्यक्तिहरु प्राय साथीको निटक बस्न रुचाउँछन् । साथीले माया, साथ, केयर गर्ने साथै निर्णय लिन मद्दत गरेर अघि बढ्न मद्दत गर्ने हुनाले सधै आफू वरपर असल साथीहरुलाई राख्नुपर्छ ।

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको