कन्दमुल किन खाने ? यस्ता छन् फाइदा र बेफाइदा

काठमाडौं – कन्दमुल अर्थात जमिन मुनी फल्ने फल भनेर चिनिन्छ । आलु, तरुल, सखरखण्डा, पिँडालु, स्कुसको जरा, आदि कन्दमुलका रुपमा खाइन्छ । स्वाद या पेट भर्नकालागी खाने भएतापनि यसका स्वास्थ्यमा लाभ पनि रहेको छ । यी फल जमिन मुनी फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ तर प्रोटिन भने कम पाइन्छ । कोरिया र जापानमा यसलाई वषैँ देखि आयुर्वेदिक औषधीको रुपमा सेवन गर्दै आएको पाइन्छ । यस्तै हिन्दु परम्परा अनुसार पनि ठूली एकादशी र माघे संक्रान्तिको दिन खाने प्रचलन रहिआएको छ । यसलाई खाने बाहाना अनेकौँ भएपनि यसका स्वास्थ्यमा फाइदा भने यस प्रकार रहेका छन् ।

नेपाली समाजमा प्राय दुई समय खमना खाने गरिन्छ । खानाले मात्र शरीरलाई चाहिने सबै तत्व नपुग्ने हनाले कन्दमुल यसको विकल्पको रुपमा खान सकिन्छ । तरुल लगाएत कन्दमुलमा मानव स्वास्थ्यमा आवश्यक पर्ने पौष्टिक तत्वहरु पाइने हुनाले दैनिक यसलाई खाँदा एकदमै फाइदा पुग्ने पोषण विद्हरुको भनाइ छ । तरुलमा कार्वोहाइड्रेड बढि पाइने हुनाले शक्तिको श्रोतको रुपमा पनि लिइन्छ । यसका साथसाथै आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ । तरुल खानाले मष्तिष्कको विकासमा मद्दत पुग्ने एक अध्ययनले देखाएको छ ।

कन्दमुलमा फाइबर उच्च मात्रामा पाइने भएकोले पाचनप्रक्रिया सम्बन्धि समस्या भएकाका लागि पनि यो उपयुक्त हुन्छ । साथै मुटु सम्बन्धि रोगबाट बच्नकालागी पनि यो निकै फाइदाजनक हुन्छ । तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिँदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्वारबाट सजिलै बाहिर निकाल्न मद्दत गर्छ । किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको वृद्धि विकास नहुने जस्ता समस्याहरु देखिए नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ । कन्दमुल धेरै जसो गर्भवती महिला, बालबालिका र ६० वर्ष नाघेको व्यक्तिलाई पोषणयुक्त खानकी हो ।

कन्दमुल फाइदाजनक खानेकुरा भएपनि मृगौला रोगीहरुले यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ । यसमा कार्बेहाइड्रेड उच्च मात्रामा पाइने हुनाले तौल बढि भएको र डाइवेटिजका बिरामीले कन्दमुल नखान स्वास्थ्यविदहरुले सल्लाह दिने गरेका छन् । कहिले काहि खानाको विकल्पमा यसको सेवनले भने नकारात्मक असर कम गर्ने हुनाले कन्दमुल स्वास्थ्यवद्र्धक खानकी हो ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको