नेपाल निर्माण व्यवसायी संगठन रामेछापको संयोजकमा राम कुमार पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीको एकता घोषणा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी संगठन रामेछापको एकता घोषणा सकिएको हो । नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले राम कुमार पाण्डेको संयोजकत्वमा निर्माण व्यवसायीको एकता सम्पन्न गरेको हो ।

संगठनको सह–संयोजकमा केदार श्रेष्ठ, सचिवमा मित्रलाल श्रेष्ठ र कोषाध्यक्षमा कुमार ढुंगेल चयन भएका छन् । बाँकी सदस्य पार्टीको सल्लाह अनुसार जिल्लामा छलफल गरि चयन गरिने संयोजक पाण्डेले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि जनवर्गीय संगठनको पनि एकता हुने क्रम बढिरहेको छ ।

यसैबीचमा निर्माण व्यवसायीको पनि एकता गरिएको र बाँकी दिनमा निर्माण व्यवसायलाई सम्मानित पेशा र व्यवसायको दर्जा दिलाउने गरि आफ्नो नेतृत्वले काम गर्ने संयोजक पाण्डेले बताए । संगठनको ३ नम्बर प्रदेश सदस्य रोज ग्यापकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ३ नम्बर प्रदेश सदस्य राजेश श्रेष्ठले गरेका थिए । कार्यक्रमका अतिथिहरुले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र दिगो संरचना निर्माणमा व्यवसायीले ध्यान दिनुपर्ने भन्दै संगठनलाई त्यतातर्फ पनि सचेत रहन गरेका छन् ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको