नेपाल निर्माण व्यवसायी संगठन रामेछापको संयोजकमा राम कुमार पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीको एकता घोषणा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी संगठन रामेछापको एकता घोषणा सकिएको हो । नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले राम कुमार पाण्डेको संयोजकत्वमा निर्माण व्यवसायीको एकता सम्पन्न गरेको हो ।

संगठनको सह–संयोजकमा केदार श्रेष्ठ, सचिवमा मित्रलाल श्रेष्ठ र कोषाध्यक्षमा कुमार ढुंगेल चयन भएका छन् । बाँकी सदस्य पार्टीको सल्लाह अनुसार जिल्लामा छलफल गरि चयन गरिने संयोजक पाण्डेले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि जनवर्गीय संगठनको पनि एकता हुने क्रम बढिरहेको छ ।

यसैबीचमा निर्माण व्यवसायीको पनि एकता गरिएको र बाँकी दिनमा निर्माण व्यवसायलाई सम्मानित पेशा र व्यवसायको दर्जा दिलाउने गरि आफ्नो नेतृत्वले काम गर्ने संयोजक पाण्डेले बताए । संगठनको ३ नम्बर प्रदेश सदस्य रोज ग्यापकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ३ नम्बर प्रदेश सदस्य राजेश श्रेष्ठले गरेका थिए । कार्यक्रमका अतिथिहरुले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र दिगो संरचना निर्माणमा व्यवसायीले ध्यान दिनुपर्ने भन्दै संगठनलाई त्यतातर्फ पनि सचेत रहन गरेका छन् ।

सिफारिस

सुदूरपश्चिम रोयल्सको शानदार सुरुवात, काठमाडौँ गोर्खाज पराजित (तस्वीरहरू)

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित...

एनपीएल: काठमाडौं र सुदूरपश्चिमको खेल हेर्न उर्लिएका दर्शक (तस्वीरहरू)

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सको खेल भइरहेको छ। काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको...

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: काठमाडौं र सुदूरपश्चिमको खेल हेर्न उर्लिएका दर्शक (तस्वीरहरू)

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं...

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

धेरै पढिएको