भारतमा मोदी सरकारले सोमबार जम्मु-कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ।

भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र जम्मु-कश्मिरलाई केन्द्र शासित राज्यको दर्जा दिएकामा चीनले आपत्ति प्रकट गरेको हो।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन स्वीकार्य नभएको उल्लेख गरेकी छन्।

उनले सीमा मुद्दा यसले अझ चर्काउने प्रतिक्रिया पनि व्यक्त गरेकी छन्।

उनले संवाद र परामर्शको माध्यमबाट विवाद समाधान गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायीत्वलाई कायम राख्नु पर्छ भन्ने चिनियाँ धारणा रहेको उल्लेख गरेकी छन्।

कश्मिर घटनाले चीनसँग भारतको तिक्तता बढ्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here