काठमाडौं – गायिका शान्तिश्री परियारको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘न्याय मरेको देशमा’बोलको सामाजिक चेतनामूलक गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा समाजका मुख्य ३ घटनालाई उठान गरिएको छ । बलात्कार, एसिड प्रहार र छाउपडी प्रथाबाट सिकार भएका ३ पात्रमाथि केन्द्रित रहेर निर्माण गरिएको गीतको म्युजिक भिडियो निक्कै कारुणिक छ ।

राजेश पौडेलले लेखेको गीतमा दिनेश मुस्कानले संगीत गरेका छन् । विना श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, दिनेश मुस्कान, पुजन घिमिरे, साक्षी लम्साल, वासु शाही र अनिता पौडेलले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here