कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं – माैसमविद्का अनुसार नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला अहिले (शुक्रबार बिहान) देशकाे पहाडी भेगमा माैसम आंशिक बदली छ।

आज दिनभर मौसम कस्तो रहला?

प्रस्तुत छ– महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको आगामी ३ दिनसम्मको मौसम अनुमान :

माघ ९ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना देखिन्छ।

राती : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ११ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श

देशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

सिफारिस

कालापानी-लिपुलेक भारतको हो भन्ने मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२...

तोकिएको लक्ष्य हासिल गर्ने गरि काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई...

तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम...

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा...

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरे : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

धेरै पढिएको