काठमाडौं – गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यले एरेन्ज गरेका हुन।
देश भावनाले ओतप्रोत भएको भिडियोमा गायिका बुनु आफैलेसमेत अभिनय गरेकी छन् । दुख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनी देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको गायिका श्रेष्ठको भनाइ छ ।
अनिल कटवालको छायांकन तथा सम्पादन गरिएको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोलाई गायिका बुनुले नै निर्देशन गरेकी हुन । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।