पत्रकार पुडासैनीको मृत्यु प्रकरण : दुई सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गरेको भिडियो फेला

पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ। सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ। विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ। भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए। सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरूले शव बुझेर काठमाडौं लगेको उनले बताए। आज अन्त्येष्टिसँगै कानुनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताए।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन। अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए। पुडासैनीको शव राति काठमाडौं लगिएको हो। उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए। रासस

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको