काठमाडौँ – गायक रामचन्द्र चन्द र माया सारुको आवाजमा मौलिक लोक लयमा आधारित ‘मैना कोही आफ्नो छैन’ बोलको गीत सार्वजनिक भएको छ ।

सुर्य न्यौपानेको शब्द रहेको गीतमा लय कमल खनालको रहेकाे छ । साथै संगीत संयोजन रामचन्द्र चन्द आफैले गरेका छन् । उक्त भिडियोेलाई बिरेन्द्र भाट ‘बिपिन’ले निर्देशन गरेका हुन् भने सम्पादन पनि उनैको रहेको छ।  भिडियो छायाँङ्कन महेश महराले गरेका हुन्।

भिडियोमा गान्धीभ सुबेदी, रुपा कंडेल ,शर्मिला अर्याल र दिप्सन केसीको अभिनय रहेको छ । गीतमा एक प्रेम जोडीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

गीत रामचन्द्र चन्दको आफ्नै  युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here