पाकिस्तानले गर्यो आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई देश निकाला

एजेन्सी – पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ ।

जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो ।

“हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,” पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भने ।

उनले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको पनि बताए ।

भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उनको भनाइ छ ।

जम्मू कश्मीरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ ।

भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् ।

भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ ।

गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको