पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न गएका सुरक्षाकर्मी र समर्थकबिच झडप

किर्गिस्तानका सुरक्षाकर्मीले पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको छ । किर्गिस्तानका सुरक्षाकर्मीको समूह पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न उनको घर पुगेको थियो ।

तर अताम्बेवका समर्थकहरुले सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् । सुरक्षाकर्मी र अताम्बेवका समर्थकबिच केही बेर झडपको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। झडपको क्रममा गोली लागेर घाइते भएका एक सुरक्षा अधिकारीको निधन भएको जनाइएको छ ।

पूर्व राष्ट्रपति अताम्बेव अझै पनि आफ्नो निवास भित्रै रहेका छन् । अताम्बेवमाथि भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो ।

किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको दाबी गरेको छ । झडपको क्रममा सुरक्षाकर्मीसहित ३६ जना घाइते भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको