पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न गएका सुरक्षाकर्मी र समर्थकबिच झडप

किर्गिस्तानका सुरक्षाकर्मीले पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको छ । किर्गिस्तानका सुरक्षाकर्मीको समूह पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न उनको घर पुगेको थियो ।

तर अताम्बेवका समर्थकहरुले सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् । सुरक्षाकर्मी र अताम्बेवका समर्थकबिच केही बेर झडपको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। झडपको क्रममा गोली लागेर घाइते भएका एक सुरक्षा अधिकारीको निधन भएको जनाइएको छ ।

पूर्व राष्ट्रपति अताम्बेव अझै पनि आफ्नो निवास भित्रै रहेका छन् । अताम्बेवमाथि भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो ।

किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको दाबी गरेको छ । झडपको क्रममा सुरक्षाकर्मीसहित ३६ जना घाइते भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको