स्कूलको नाम ‘नासा’देखि ‘सेन्ट जेभियर्स’ ‘इन्टरनेसनल’,सम्म विदेशी विद्यार्थी भने एउटा छैन

काठमाडौं – पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन् – अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ ।

विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ । शिक्षा नियमावलीमा विदेशी नाम भएका शिक्षण संस्था खोल्न नपाइने भनिए पनि नियमन निकायले त्यसप्रति बेवास्ता गर्दा जथाभावी नामकरण गरिएका शिक्षण संस्थाले अनुमति पाएका छन् ।

सेन्ट लरेन्स, ह्वाइट फिल्ड (जर्ज), सेन्ट जेभियर्स पादरी हुन् र उनीहरूका नाममा नेपालमा विद्यालय सञ्चालित छन् । अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सास, उत्तर र अमेरिकाको बीचमा रहेको भूभाग एवं सामुद्रिक क्षेत्र क्यारेबियन, अमेरिकामा रहेको सहर प्रिन्सटन, अमेरिकाको न्युयोर्कमा रहेको सहर ब्रुकलिन, अमेरिकी संसद् भवन क्यापिटोल, अमेरिकी सहर ग्रिनफिल्ड आदि नाम प्रयोग गरी उपत्यकामा शिक्षण संस्था सञ्चालित छन् ।

बेलायतको फुटबल क्लब लिभरपुलदेखि अमेरिका पत्ता लगाउने इटालियन नागरिक कोलम्बससम्मको नामलाई नेपालका शिक्षण संस्थाका सञ्चालकहरूले प्रयोग गर्न बाँकी राखेका छैनन् । किङ क्याम्प जिलेटले दारी काट्ने उपकरण ९रेजर० उत्पादन गरे र उनकै नामबाट रेजर प्रख्यात छ । रेजरको नाम प्रयोग गर्न समेत शिक्षण संस्थाका सञ्चालकहरूले संकोच मानेका छैनन् ।

ओस्कार वाइल्डको नाममा राखिएको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार ओस्कारको नामबाट नेपालमा शिक्षण संस्था खोलिएको छ । बेलायतमा रहेको अन्तर्राष्ट्रिय समय जनाउने स्थान ग्रिनविचलाई पनि नेपालीले शैक्षिक संस्थाको नाम राख्न छाडेका छैनन् । चुस्त घोडा अर्थात् मोर्गन पनि नेपालमा शिक्षण संस्थाको नाम बनेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको