स्कूलको नाम ‘नासा’देखि ‘सेन्ट जेभियर्स’ ‘इन्टरनेसनल’,सम्म विदेशी विद्यार्थी भने एउटा छैन

काठमाडौं – पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन् – अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ ।

विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ । शिक्षा नियमावलीमा विदेशी नाम भएका शिक्षण संस्था खोल्न नपाइने भनिए पनि नियमन निकायले त्यसप्रति बेवास्ता गर्दा जथाभावी नामकरण गरिएका शिक्षण संस्थाले अनुमति पाएका छन् ।

सेन्ट लरेन्स, ह्वाइट फिल्ड (जर्ज), सेन्ट जेभियर्स पादरी हुन् र उनीहरूका नाममा नेपालमा विद्यालय सञ्चालित छन् । अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सास, उत्तर र अमेरिकाको बीचमा रहेको भूभाग एवं सामुद्रिक क्षेत्र क्यारेबियन, अमेरिकामा रहेको सहर प्रिन्सटन, अमेरिकाको न्युयोर्कमा रहेको सहर ब्रुकलिन, अमेरिकी संसद् भवन क्यापिटोल, अमेरिकी सहर ग्रिनफिल्ड आदि नाम प्रयोग गरी उपत्यकामा शिक्षण संस्था सञ्चालित छन् ।

बेलायतको फुटबल क्लब लिभरपुलदेखि अमेरिका पत्ता लगाउने इटालियन नागरिक कोलम्बससम्मको नामलाई नेपालका शिक्षण संस्थाका सञ्चालकहरूले प्रयोग गर्न बाँकी राखेका छैनन् । किङ क्याम्प जिलेटले दारी काट्ने उपकरण ९रेजर० उत्पादन गरे र उनकै नामबाट रेजर प्रख्यात छ । रेजरको नाम प्रयोग गर्न समेत शिक्षण संस्थाका सञ्चालकहरूले संकोच मानेका छैनन् ।

ओस्कार वाइल्डको नाममा राखिएको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार ओस्कारको नामबाट नेपालमा शिक्षण संस्था खोलिएको छ । बेलायतमा रहेको अन्तर्राष्ट्रिय समय जनाउने स्थान ग्रिनविचलाई पनि नेपालीले शैक्षिक संस्थाको नाम राख्न छाडेका छैनन् । चुस्त घोडा अर्थात् मोर्गन पनि नेपालमा शिक्षण संस्थाको नाम बनेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको