‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१’ छनौट कार्यक्रम सम्पन्न

काठमाडौं –  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधरले जानकारी दिइन् ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका हौं । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ४ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो चौथो संस्करणको लागि अडिसनवाट २१ प्रतियोगी छनौट गरिएको छ ।

उक्त छनौट कार्यक्रममा निर्णायकको भुमिकामा अफिसिल अन्तराष्ट्रिय कोरीयोग्राफर रोजिन साक्य मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी र मिसेस व्यूटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष ताथ फोटोपत्रकार प्रदीपराज वन्त रहेका थिए ।

छनौट भएका २१ प्रतियोगीहरुलाई माघ १८ गते आइतवारवाट प्रशिक्षण दिइनेछ सो क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । विभिन्न सामाजिक संस्थाहरुको वारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

यस कार्यक्रम आगामी फागुनको द्रोस्रो साता सम्पर्न हुनेछ साथै कार्यक्रममा सहभागी भएर प्रथम हुनेले लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१ का ताज सहित फ्रिज तथा सिंगापुर भ्रमणको लागि हवाइ टिकट प्रदान गरिने छ । भने फष्ट रनरअप र सेकेन्ड रनरअपलाइ पनि क्रमस टिभि ,भ्याकुम र सिंगापुर भ्रमणको लागी हवाई टिकट प्रदान गरिने छ र तिन जना विजेतालाई लेट मिइनको तर्फवाट ५० हजारवरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको