उत्तर कोरियाले नेपालसहितका देशबाट बैंक अकाउण्ट ह्याक गरेर २ अर्ब डलर चोर्यो

काठमाडाैं – ह्याकिङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको संयुक्त राष्ट्र संघीय समितिले जनाएको छ । उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा चोरेको राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तर कोरियालको ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकबाट ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको बताइएको छ । तर ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको जनाइएको थियो ।

कोरियाली लजारस ग्रुपले विश्वका विभिन्न बैंकमा ह्याकिंग गर्दै ठुलो रकम हात पार्ने र सो रकमले आफ्नो परमाणु सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउने गरेको अन्र्तराष्ट्रि समाचार माध्यमले जनाएका छन् । उत्तर कोरियाकै सानो ठुलो ह्याकिंगबाट सुरु गगरेको यो समुहले अहिले विश्वभरीने कुख्याती कमाएको छ । यसको विरुद्धमा विश्वका धेरै बैंकहरुले साइबर सुरक्षा व्यवस्था कडा पारेका छन् ।


भारतबाटसमेत गत यो ग्रुपले वर्षको साउनमा पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम ह्याक गरी सो बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी गरेको जनाइएको छ ।

नेपालमा सतर्कता

नेपालको सूचना प्रविधिसम्बन्धी सुरक्षा कमजोर अवस्थामा रहेको छ यसैका फाइदा अन्तराष्ट्रिय ह्याकरसमुहले उठाउने गरेका छन् । नेपालको कम्प्युटर प्रणालीलाइ प्रोक्सी सेट गरेर नेपालबाट हुँदै अन्त ह्याकिंग गर्नेदेखि नेपालमै ह्याकिंग अर्लटहरु आइरहने गरेको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसरी विश्वभरबाट नेपालमा ह्याकिंग खतरा आइरहदा सरकारले हालै राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ । साइबर ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले नेपालमा उत्तर कोरियाले ह्याक गरेदेखि नै ब्याङ्कहरूलाई राखेर प्राविधिक र सुरक्षा सम्बन्धी जानकारी दिएको बताएका छन् । हाल संयुक्त राष्ट्रसंघको गोप्य प्रतिवेदनबारे समाचार बाहिरीएपछि पनि अहिले बैंकहरुलाई सचेत हुन आग्रह गरेको बताएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको