काठमाडौँ-  राजधानीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बुले पाएका छन्।

निवर्तमान निर्देशक डा. जोतिन्द्र शर्माको चार बर्षे कार्यकाल शनिबार सकिएपछि उक्त स्थानमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. लिम्बुलाई कामचलाउ जिम्मेवारी दिएका हुन्।

मन्त्री यादवले मन्त्रालयस्तरीय निर्णय गर्दै डा. लिम्बुलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि आइतबार नै निर्देशकको जिम्मेवारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here