पर्यटनमन्त्रीको पहिलो एक्सन : तोकिएभन्दा बढी भाडा माग्ने हेलिकप्टर कम्पनीलाई कारबाही गर्न निर्देशन

तोकिएभन्दा दोब्बर बढी भाडा माग्ने एक हेलिकोप्टर कम्पनीलाई कारबाही गर्न सरकारले निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रभु हेलिकप्टर कम्पनीमाथि आवश्यक छानबिन गरी कारबाही गर्न उड्डयन क्षेत्रको नियाम निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो।

प्रभु हेलिकप्टरले बिरामी ल्याउन ‘चार्टर’ मा खोटाङ जान ३ लाख १५ हजार मागेको भन्दै पर्यटन मन्त्रालयका उजुरी परेको थियो। खोटाङ सेवा समाजका सचिवसमेत रहेका बाजिन्द्र विष्टले खोटाङको सावाकटहरेबाट बिरामी ल्याउन सुरुमा ३ लाख १५ हजार मागेको र पछि २ लाख ८५ हजार रुपैयाँभन्दा कममा नजाने भन्दै सिकिस्त बिरामी ल्याउन नमानेपछि साउन १८ गते मन्त्रालयमा उजुरी हालेका थिए।

रकम बढी मागेपछि पीडितले प्रभुको हेलिकप्टर प्रयोग गरेका थिएनन्। सरकारको २०७२ चैत ७ गतेको निर्णयअनुसार दुर्गम क्षेत्रमा हेलिकप्टर उडानको दर रेट निर्धारण गरेको थियो। उक्त निर्णयअनुसार ‘आर४४’ समूहका हेलिकप्टर प्रतिघण्टा उडान दर १ हजार अमेरिकी डलर निर्धारण गरिएको छ।

‘प्रभु हेलिकप्टरले माग गरेको रकम निर्धारित दरभन्दा बढी हो, होइन? उक्त उजुरीको सम्बन्धमा के भएको हो? दुर्गम क्षेत्रमा बस्ने सर्वसाधारणको उपचारसँग जोडिएको विषयमा छानबिन गरी सत्यतथ्य विवरण मन्त्रालयमा पेस गर्नू’ पर्यटन मन्त्रालयले प्राधिकरणलाई दिएको निर्देशनमा छ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको