काठमाडौँ – हरिबंश पन्तको ‘नेपाली आँखाबाट अमेरिका नियाल्दा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो ।
राष्ट्रिय गीतका सर्जक ब्यकुल माइलाको प्रमुख आतिथ्यतमा भएको विमोचन समारोहमा जितेन्द्र बिष्ट, केदार पाठक, नारायण रिजाल, तेजु नेपाल, हरि कृष्ण बुढाथोकी, अर्जुन पन्त, कृष्णबहादुर नेपाली, पार्वती बुढथोकीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
बिमोचन कार्यक्रममा बोल्दै लेखक पन्तले अमेरिका घुम्न जादा त्यहाँ देखेका कुराहरूलाई यस पुस्तकमा समावेश गरिएको बताए । उनले छिट्टै निबन्धको पुस्तक पनि पाठकमाझ ल्याउन लागेको जानकारी गराए ।
प्रमुख अतिथि ब्यकुल माइलाले पुस्तक पढदा अमेरिका घुमिरहेको अनुभुति हुने बताउँदै सर्जकलाई बधाई तथा शुभकामना दिए । रोशन बुढाथोकीले संयोजन गरेको विमोचन समारोहमा शिव कैलाश कला मन्दिरका संरक्षक केदार पाठक, बाल विकास एनसीमासका सिइओ तेजु नेपाल, जितेन्द्र विष्टलगायतले लेखकलाई शुभकामना तथा बधाई दिँदै पुस्तकका बारेमा बोल्नु भएको थियो ।
१०६ पृष्ठको पुस्तकमा सात ओटा शिर्षक रहेका छन् ।