नेपाल आउनुअघि भारतका विदेशमन्त्री एस जयशंकर चीन पुगे

काठमाडौं – नेपाल आउनुअघि भारतका विदेशमन्त्री एस जयशंकर तीन दिने भ्रमणका लागि आइतबार चीन पुगेका छन् । उनी भदौ ४ गते नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आउने कार्यक्रम रहेको छ । पछिल्लो काश्मीर प्रकरणमा भारतले लिएको नीतिको चीनले विरोध गरेपछि र पाकिस्तानका विदेशमन्त्री शाह मुहमद कुरेसीले चीन भ्रमण गरे लगत्तै भारतका विदेशमन्त्री चीन गएका हुन् ।

उनी विदेशमन्त्री भएपछि चीन भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणका क्रममा उनी आज चीनसँगको संस्कृति र जनस्तरको सम्बन्धका लागि भारत चीन उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् । सो बैठकको उनले सहअध्यक्षता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले चीनमा रहँदा त्यहाँका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सँग पनि भेट गर्नेछन् ।

दुई पक्षीय संयन्त्र बनाउने निर्णय सन् २०१८को अप्रिलमा चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको दुई पक्षीय भेटवार्ताका क्रममा तय भएको थियो । त्यसखालको पहिलो बैठक सन् २०१८ को डिसेम्बर १ मा भारतमा भएको थियो । दुई देशले जनस्तरको सम्बन्ध बृद्धिका लागि पर्यटन, कला, चलचित्र, मिडिया, संस्कृति र खेलकुदलाई दुबै देशले जोड दिएका छन् ।

भारतीय विदेश मन्त्रालयले अगस्ट ५ का दिन जारी गरेको वक्तव्यमा बैठकमा दुईपक्षीय उच्चस्तरीय भ्रमणको आदान प्रदानका अतिरिक्त क्षेत्रीय र विश्वव्यापी मामिलामा पनि छलफल हुने जनाइएको थियो । (एजेन्सीहरुको सहयोगमा)

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको