काठमाडौं महानगर कार्यालयभित्रै बलात्कार घटना भएको भन्दै एक कर्मचारीलाई पक्राउ गरिएको छ। प्रहरीले दिएको जानकारीअनुसार महानगरको मुख्य कार्यालयभित्रै लगेर एक ११ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा कुचीकार काम गर्ने बाबुराजा पुजारी पक्राउ परेका हुन्।

पीडित बालिकाले घटना आफ्नो आमालाई सुनाएपछि परिवारले प्रहरीलाई जानकारी दिएको थियो। प्रहरीका अनुसार आइतबार उजुरी परेसँगै पुजारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

पुजारीविरुद्ध थप अनुसन्धानको लागि प्रहरीले अदालतबाट सात दिने म्याद समेत लिइसकेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here