चीन पुगेर भारतीय विदेशमन्त्री एस जयशंकरले भने : हामीले थप भूमि दाबी गरेका छैनौं

बेइजिङ – काश्मीर मामिलाका कारण भारत र चीनबीच तनावको वातावरण रहे पनि दुई देशका विदेश मन्त्रीबीच सोमबार बेइजिङमा दुईपक्षीय वार्ता भएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार दुई पक्षीय वार्ता भएको हो । भारतका विदेशमन्त्री जयशंकरले तीनदिने चीन भ्रमण आज टुंग्याउँदै छन् ।

दुईपक्षीय वार्तापछि उनीहरुले संयुक्त पत्रकार सम्मेलन समेत गरेका थिए । सो अवसरमा बोल्दै भारतीय विदेशमन्त्री जयशंकरले भनेका थिए, “भारत र चीनबीच केही विषयमा मतभेद त छन् नै तर मतभेद विवादमा बदलिनु हुन्न । ” जयशंकरले अहिले विश्वमा नै अनिश्चितताको अवस्था रहेको बेलामा भारत र चीनबीचको सम्बन्धमा स्थिरता जरुरी रहेको बताएका थिए ।

उनको भनाइ थियो, “भारत र चीनले आफ्नो सम्बन्धमा स्थिरता ल्याउनका लागि मतभेदलाई सही तरिकाले व्यवस्थापन गर्नु जरुरी रहेको छ ।” भारतका विदेशमन्त्रीको चीन भ्रमण यस अर्थमा पनि महत्वपूर्ण किन छ भने यही अगस्ट ९ मा मात्रै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले चीनको भ्रमण गरेका थिए ।
त्यसपछि पाकिस्तानी विदेशमन्त्रीले काश्मीर मामिलामा चीन पाकिस्तानको साथमा रहेको बताएका थिए । उनले दुवै देश मिलेर काश्मीरको मामिलालाई विश्वभरी लैजाने सहमति भएको समेत जनाएका थिए ।

सोमबारको संयुक्त पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्रीले दुवै देशबीच मतभेद रहेको बताउँदै थपेका थिए,“हामीबीच मतभेद भएपनि दुवै देशले आफ्नो विचार एक आपसमा राख्ने गरेका छौं ।” उनले काश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच भइरहेको तनावका बारेमा पनि चिनियाँ विदेशमन्त्रीले चिन्ता व्यक्त गरेका थिए ।
उनको भनाइ थियो, “हामी सबै देशको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्छौ । विवादलाई वार्ताको माध्यमबाट हल गर्न जरुरी छ । सीमामा जोडिएका मुद्दालाई पनि सही तरिकाबाट समाधान गर्नु जरुरी हुन्छ । जहाँसम्म चीनको सम्प्रभुताको कुरा छ, हामीले हाम्रो अडान भनिसकेका छौं ।” यसअघि चीनले एक वक्तव्य प्रकाशित गरी भारतले लद्धाखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेकोमा आपत्ति जनाएको थियो ।

चीनले भारतद्वारा आफ्नो क्षेत्रीय सम्प्रभुतालाई कम आँकिएको पनि आरोप लगाएको थियो । चीनले लद्धाखको विषयमा भारतले आफ्नो घरेलु कानुन बदलेको तर त्यो कानुन भारत र चीनको सीमामा लागु नहुने जनाएको थियो । चीनले काश्मीरको मौजुदा अवस्थालाई लिएर चिन्ता जनाउँदै दुवै पक्ष (भारत र पाकिस्तान)लाई संयमित हुन आग्रह गरेको छ ।

चीनको यसअघिको भनाइको प्रतिक्रियामा भारतले काश्मीरलाई आफ्नो आन्तरिक मामिला बताउँदै भारतले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले पनि त्यस्तै व्यवहार गरुन् भन्ने चाहेको जनाएको थियो । भारतले जम्मु काश्मीरको विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मीरलाई पुनर्गठन गरी जम्मु काश्मीरलाई अलग र लद्धाखलाई अलग केन्द्र शासित प्रदेश बनाएको छ । भारतका विदेशमन्त्री जयशंकरले उनी सो पदमा नियुक्त भएपछि पहिलो पटक चीनको भ्रमण गरेका हुन् ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआइले जनाएअनुसार जयशंकरको यो भ्रमण पहिला नै तय भएको थियो । उनी आइतबार चीन पुगेका हुन् । यस अवसरमा भारत र चीनबीच विदेश मामिला, साँस्कृतिक, पारम्परिक औषधी, खेल तथा संग्रहालय व्यवस्थापन समेतका पाँच वटा सम्झौतामा हस्ताक्षर भएको छ । यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री जयशंकरले चीनका राष्ट्रपतिको आगामी भारत भ्रमणका सम्बन्धमा पनि कुरा गरेको बताइएको छ ।

सन् २०१९को अन्त्यमा चीनका राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गर्ने योजना भएको बताइएको छ । चिनियाँ राष्ट्रपतिले सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता समेत गर्ने जनाइएको छ ।

थप भूमि दाबी गरेका छैनौंः भारत

भारतका विदेशमन्त्रीले चिनियाँ समकक्षीसँगको भेटका क्रममा धारा ३७० संविधानको तत्कालीन प्रावधान भएपनि अहिले काश्मीरको विकासको लागि हटाइएको बताउँदै भारतले कुनै थप भूभाग दाबी नगरेको बताएको भारतीय विदेशमन्त्रालयद्वारा सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । यसैगरी लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसी)लाई भारतले मानेको समेत उनले सो अवसरमा बताएका थिए । उनले सोमबार बिहान चीनका उपराष्ट्रपति वाङ क्विसानसँगपनि भेट गरेका थिए ।

सम्बन्धको ७० औं वर्षगाँठ मनाउने

दुवै देशका विदेशमन्त्रीले आउँदो वर्ष दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने भएकोले वर्षगाँठ बनाउने बारेमा समेत छलफल गरेका छन् ।

(बीबीसी तथा अन्य एजेन्सी)

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको