के तपाईंले ६ महिनासम्म बैंक खातामार्फत कारोबार गर्नु भएको छैन ? यस्तो समस्या आउँछ

काठमाडौं – तपाईंले बैंक खाता खोलेर लामो समय नचलाई बस्नुभएको त छैन ? त्यसो भए तत्काल नै गएर सक्रिय पार्नुहोस् ।

६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन ।

हाल भूकम्पपीडितको खातामा यस्तै समस्या देखिएको छ । भूकम्पपीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि पहिलो किस्ता बैंक खातामा जम्मा हुने गर्छ ।

तर, लाभग्राहीको बैंक खाता नै निष्क्रिय रहेपछि समस्या देखिएको छ । यस्तो समस्या पहिलो किस्ता लिनेको हकमा मात्र नभएर कतिपयको दोस्रो र तेस्रो किस्ता लिनेमा समेत देखिएको छ ।

प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निष्क्रिय भएको बताए ।

प्राधिकरणले आफ्नो बैंक खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न लाभग्राहीसँग आग्रह पनि गरेको छ ।

आजको राजधानी दैनिकमा टेनिस रोकाले समाचार लेखेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको