काश्मीर पुगेर इमरान खानले मोदीलाई यसरी थर्काए, दिए यस्तो चेतावनी

इश्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर मामिलामा संविधानको ३७० धारा खारेज गर्नुलाई हिटलरले जस्तै अन्तिम कार्ड खेलेको आरोप लगाएका छन् ।

पाकिस्तान शासित काश्मीरको एसेम्बलीको विशेष सत्रलाई बुधबार सम्बोधन गर्दै उनले हिटलरले पनि उतिबेला नाजीहरुका लागि अन्तिम ‘सोलुसन’ बनाएको बताएका थिए ।उनले भारतले अब पाकिस्तान शासित क्षेत्रमा केही गर्ने तयारी गरिरहेको जनाउँदै युद्ध भएमा पाकिस्तान पुरै तयार रहेको समेत जनाएका छन् । उनले भारतका प्रधानमन्त्री मोदीको नाम लिएर इँटाको जवाफ पत्थरले दिने बताएका थिए । उनले भनेका छन्,“नरेन्द्र मोदीले जुन अन्तिम कार्ड खेलेका छन् यसपछि काश्मीर आजादीतिर जानेछ ।”

उनले मन्तव्यका क्रममा कैयौं पटक भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नाम लिएका थिए । उनले भारतमा जे भइरहेको छ सबै आरएसएसको विचारधारा बमोजिम भइरहेको समेत बताए । उनले आरएसएसको विचारधारालाई जर्मनीको नाजीको विचारधारा जस्तै भएको आरोप लगाए ।

यस पटक पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस १४ अगस्टलाई ‘काश्मीर एकजुटता दिवस’को रुपमा मनाएको छ । उसले काश्मीरको सम्बन्धमा भारतले चालेको कदमको विरोधमा यो कदम चालेको हो । बुधबार पाकिस्तानका प्रधानमन्त्री खान पाकिस्तान शासित काश्मीरको राजधानी मुजफ्फराबादमा पुगेका थिए । उनलाई पाकिस्तान प्रशासित काश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर पनि दिइएको थियो ।

भारतका प्रधानमन्त्री मोदीप्रति आक्रामक हुँदै उनले आरएसएसको विचारधाराले महात्मा गान्धीको हत्या गरेको र यसै विचारले अहिले आएर मुसलमानलाई कत्लेआम गरेको आरोप लगाएका थिए ।

मोदीले आखिरी कार्ड खेलेर ‘रणनीतिक ब्लन्डर’ गरेको बताउँदै खानले यो मोदी र भाजपाको लागि बहुत भारी पर्ने चेतावनी समेत दिएका छन् ।

उनले भने, “पहिला काश्मीरबारे कुरा गर्न मुश्किल थियो । अब दुनियाको नजर काश्मीरमा परेको छ ।” उनले भारतको अहिलेको शैलीले कसैलाई नोक्सान हुन्छ भने सबैभन्दा बढी भारतलाई नै हुने समेत जनाएका छन् । भारतमा अहिलेपनि १८ देखि १९ करोड मुसलमान भएकोले अहिलेको कदमले भारतलाई तवाहीतिर लग्नेसमेत उनले बताएका छन् । (बीबीसी)

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको