काश्मीर पुगेर इमरान खानले मोदीलाई यसरी थर्काए, दिए यस्तो चेतावनी

इश्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर मामिलामा संविधानको ३७० धारा खारेज गर्नुलाई हिटलरले जस्तै अन्तिम कार्ड खेलेको आरोप लगाएका छन् ।

पाकिस्तान शासित काश्मीरको एसेम्बलीको विशेष सत्रलाई बुधबार सम्बोधन गर्दै उनले हिटलरले पनि उतिबेला नाजीहरुका लागि अन्तिम ‘सोलुसन’ बनाएको बताएका थिए ।उनले भारतले अब पाकिस्तान शासित क्षेत्रमा केही गर्ने तयारी गरिरहेको जनाउँदै युद्ध भएमा पाकिस्तान पुरै तयार रहेको समेत जनाएका छन् । उनले भारतका प्रधानमन्त्री मोदीको नाम लिएर इँटाको जवाफ पत्थरले दिने बताएका थिए । उनले भनेका छन्,“नरेन्द्र मोदीले जुन अन्तिम कार्ड खेलेका छन् यसपछि काश्मीर आजादीतिर जानेछ ।”

उनले मन्तव्यका क्रममा कैयौं पटक भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नाम लिएका थिए । उनले भारतमा जे भइरहेको छ सबै आरएसएसको विचारधारा बमोजिम भइरहेको समेत बताए । उनले आरएसएसको विचारधारालाई जर्मनीको नाजीको विचारधारा जस्तै भएको आरोप लगाए ।

यस पटक पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस १४ अगस्टलाई ‘काश्मीर एकजुटता दिवस’को रुपमा मनाएको छ । उसले काश्मीरको सम्बन्धमा भारतले चालेको कदमको विरोधमा यो कदम चालेको हो । बुधबार पाकिस्तानका प्रधानमन्त्री खान पाकिस्तान शासित काश्मीरको राजधानी मुजफ्फराबादमा पुगेका थिए । उनलाई पाकिस्तान प्रशासित काश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर पनि दिइएको थियो ।

भारतका प्रधानमन्त्री मोदीप्रति आक्रामक हुँदै उनले आरएसएसको विचारधाराले महात्मा गान्धीको हत्या गरेको र यसै विचारले अहिले आएर मुसलमानलाई कत्लेआम गरेको आरोप लगाएका थिए ।

मोदीले आखिरी कार्ड खेलेर ‘रणनीतिक ब्लन्डर’ गरेको बताउँदै खानले यो मोदी र भाजपाको लागि बहुत भारी पर्ने चेतावनी समेत दिएका छन् ।

उनले भने, “पहिला काश्मीरबारे कुरा गर्न मुश्किल थियो । अब दुनियाको नजर काश्मीरमा परेको छ ।” उनले भारतको अहिलेको शैलीले कसैलाई नोक्सान हुन्छ भने सबैभन्दा बढी भारतलाई नै हुने समेत जनाएका छन् । भारतमा अहिलेपनि १८ देखि १९ करोड मुसलमान भएकोले अहिलेको कदमले भारतलाई तवाहीतिर लग्नेसमेत उनले बताएका छन् । (बीबीसी)

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको