चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस छैन

काठमाडौं – नेपाली कांग्रेसले चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको छ । तनहुँ जिल्लामा समानान्तर समिति र कार्यालय बनेपछि बुधबार बसेको कांग्रेस केन्द्रीय समितिले इतिहास स्मरण गराउँदै चुनाव चिन्ह र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको हो ।
जिल्लामा देखिएको विवाद निरुपणका लागि केन्द्रीय समितिले नै निर्णय गरेर स्पष्ट पारेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको निर्णयमा भनिएको छ–विसं २०१५ सालको प्रथम आम निर्वाचनदेखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह रुख र तलमाथि रातो पृष्ठभूमि र बीचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल शेरबहादुर देउवा सभापति रहनुभएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् । यसै सन्दर्भमा तनहुँ जिल्लामा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्य समिति र सो मातहतको कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको स्पष्ट गरिएको छ ।”

यस्तो छ विज्ञप्ति

श्रावण २९, २०७६
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

१. केन्द्रीय अनुशासन समितिका संयोजक श्री भीष्मराज आङ्दम्बेबाट समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत ।

२. वि.स. २०१५ सालको प्रथम आम निर्वाचन देखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह “रुख” र तल माथि रातो पृष्ठभूमि र विचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल श्री शेरबहादुर देउवा सभापति रहनु भएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् ।

यसै सन्दर्भमा तनहुँ जिल्लामा श्री बैकुण्ठनाथ न्यौपाने सभापति र श्री जितप्रकाश आले कार्यवाहक सभापति रहनु भएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट गर्दै,

उक्त कार्यसमितिहरु बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरु यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने । साथै, तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र ११ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

समवेदना
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. १७ को वडा सभापति बालबोध यादवको पिता ७५ वर्षीय बुझाउन यादवको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको