चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस छैन

काठमाडौं – नेपाली कांग्रेसले चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको छ । तनहुँ जिल्लामा समानान्तर समिति र कार्यालय बनेपछि बुधबार बसेको कांग्रेस केन्द्रीय समितिले इतिहास स्मरण गराउँदै चुनाव चिन्ह र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको हो ।
जिल्लामा देखिएको विवाद निरुपणका लागि केन्द्रीय समितिले नै निर्णय गरेर स्पष्ट पारेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको निर्णयमा भनिएको छ–विसं २०१५ सालको प्रथम आम निर्वाचनदेखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह रुख र तलमाथि रातो पृष्ठभूमि र बीचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल शेरबहादुर देउवा सभापति रहनुभएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् । यसै सन्दर्भमा तनहुँ जिल्लामा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्य समिति र सो मातहतको कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको स्पष्ट गरिएको छ ।”

यस्तो छ विज्ञप्ति

श्रावण २९, २०७६
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

१. केन्द्रीय अनुशासन समितिका संयोजक श्री भीष्मराज आङ्दम्बेबाट समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत ।

२. वि.स. २०१५ सालको प्रथम आम निर्वाचन देखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह “रुख” र तल माथि रातो पृष्ठभूमि र विचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल श्री शेरबहादुर देउवा सभापति रहनु भएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् ।

यसै सन्दर्भमा तनहुँ जिल्लामा श्री बैकुण्ठनाथ न्यौपाने सभापति र श्री जितप्रकाश आले कार्यवाहक सभापति रहनु भएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट गर्दै,

उक्त कार्यसमितिहरु बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरु यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने । साथै, तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र ११ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

समवेदना
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. १७ को वडा सभापति बालबोध यादवको पिता ७५ वर्षीय बुझाउन यादवको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको