आकृती विष्ट
तिमी सोच्छौँ, ऊ घरमा छे त सुरक्षित छे।
ऊ सोच्छे जाउँ त कहाँ ?
कुन जुनिको पाप भोगि रहेको होला ?
घरबाट निस्कन त सोच्दि हो
तर कोरोनाको डर मनमा बोक्दि हो ।
घर भित्रै बस्ने सोच त बनाउदि हो
तर घरेलु हिँसाको डर भोग्दि हो ।
आट गरेर प्रहरीलाई फोन गर्ने त सोच्दि हो
तर फेरि छेउ कोठाको उसले सुनि कुट्ला भनि आफ्नो मन फेर्दि हो ।
घरबाट बाहिर निस्केर चौकी जान त प्रयास गर्दि हो
तर बाटोमा प्रहरी देखि डन्डाको डरले बाटो फेरि घर फर्कदि हो ।
यही हो मेरो भाग्य सोँच्दै आखाँ भरि आँसु बोक्दि हो
तर कहिले आनन्दले बाँच्न पाइएला भनि आफ्नो सोचमा डुबी बस्दि हो।
एक पटक फेरि फोन उठाइ घर परिवारलाई गुहार्न चाहदि हो
तर यस्तो महामारीमा अर्कोको ज्यान जोखिममा किन पार्नु सोची फोन काट्दि हो ।
घरको झ्यालबाट हेरि चिच्याएर मद्दत माग्छु सोच्दि हो
तर समाजको बहिस्कार गर्ने प्रवृत्तिको शिकार बन्ने डर मनमा राख्दि हो।
मरिएला बाँचिएला भन्ने प्रश्नको यो संसारमा उसले आफ्नो खुशी पाउने सोचमा फेरि पूर्णबिराम लगाउदि हो।
ऊ अहिले पनि कुन जुनीको पापको भोगाई होला भनि आफूलाई नै दोष दि दि हो।
(लेखक काठमाण्डौ स्कुल अफ लकी विद्यार्थी हुन् )