काठमाडौं – मोडल सङ्स नेपालद्धारा काठमाडौंमा आयोजित दोस्रो मोडल सङ अवार्ड २०७७ फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेव्यू मेल मोडल अवार्ड २०७७ पाएका छन् ।
स्विजरल्याण्डमा बसेर पनि नेपाली गित संगितलाई माया गर्ने गितकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको “परदेशीको कर्म” नामक लोक गीतको म्यूजिक भिडियो मार्फत परदेशी नेपालीले भोग्ने दुख पिडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे बापत डेव्यू मेल वेष्ट मोडलको रुपमा उक्त अवार्ड पाएका हुन् ।
साथै उक्त गीतको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले साथ दिएकी थिइन् । उक्त गीतको छायाँङकन तथा निर्देशन नविनबावु गुरुङले गरेका हुन् भने सहायक निर्देशनमा रेजिना तुलाधर रहेकी थिइन् ।
उक्त भिडियो सम्पादन नविन निरौलाले गरेका थिए। फोटो पत्रकार वन्त विगत १३ वर्षदेखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन्भने उनी राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि रहेका छन् । भने विगत १२ वर्षदेखि सिजन मिडया मार्फत निरन्तर रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।