नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरिएको हो ।

आजको निर्णयअनुसार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा हुनुभएको छ भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा हुनुभएको छ ।

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।

त्यस्तै काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएको छ ।

को कहाँ पुगे हेर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here