एकान्तमा भेटिएकी नारी न तिम्रो सिकार हो न त तिम्रो जिम्मेवारी !

  • श्रीना नेपाल

नेपालमा कुल जनसंख्या मध्य महिलाको जनसंख्या ५०.४५ छ । आधाभन्दा पनि बढी रहेको जनसंख्या भएता पनि महिलाहरू दिनहुँ हिंसाको शिकार बनिरहेका छन । संविधानको कमजोर खण्डबाट बल्ल बल्ल हटाइएता पनि व्यवहारमा भन्ने केही सुधार देखिदैन। बारम्बार महिलाको अधिकारमाथि हस्तक्षेप भइरहेका छन् ।

४० वर्षभन्दा मुनिका महिलाहरू भिजिट भिसामा वैदेशिक यात्रामा जाँदा परिवार तथा वडाको सिफारिस पेस गर्नुपर्ने प्रस्ताव राखिएको भन्दै खबर बाहिरियो। महिला अधिकारमाथि सिधा हस्तक्षेप भएको भन्दै देशभर व्यापक रुपमा चहलपहल भएपछि ’ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम संभाव्य मुलुकमा भिजिट भिसामा पहिलो पटक नभएका महिलाहरुका लागि आवश्यक पर्ने गरि सुझाव मात्र गरेको हो, निर्णय भएको हैन ’ भन्दै पछि प्रेस विज्ञप्ति निकालिएको थियो ।

महिलालाई सम्मान अधिकार दिनुपर्छ पनि भन्ने अनि यस्ता विभिन्न प्रस्तावका बारेमा पनि छलफल गर्ने कति सम्मको पाखण्डीपन हो यो ? महिलाको स्वाधिनतामाथि हस्तक्षेप गर्नु कतिसम्म सहि हो ? न खाडी मुलुक जाने महिला न अरु देश जाने महिलालाई देशले विभेद गर्न पाउँछ ! जहाँसम्म मानव बेचबिखनको कुरा छ, त्यसको लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ छ । फेरि ४० वर्ष भन्दा कम महिलाको मात्र बेचबिखन हुन्छ भनेर कहाँ लेखिएको छ ? के पुरुषहरु त्यसको सिकार हुदैनन् ? के ४० वर्ष भन्दामाथिका महिलाको तस्करी हुँदैन ?

युनिसेफको अनुसार नेपालमा ४०५ केटीहरुको १८ वर्ष भन्दा अगाडि र ७५ केटीहरुको १५ वर्ष भन्दा अगाडि नै विवाह हुने गरेको छ । हरेक वर्ष नेपालमा गर्भमा छोरी भएकै कारण ५०,००० गर्भपतन गराइएको पाइन्छ । नेपालको कुल साक्षरता ६७.९१५ रहेको छ भने पुरुषको कुल साक्षरता ७८.५९५ र महिलाको कुल साक्षरता ५९.७२५ छ जबकी महिलाको कुल जनसंख्या ५०.४५ छ ।

महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी प्याडमा १३.५ भ्याट लगाइन्छ, लक्जरी कर भनेर! महिनावारी हुनु कुनै पनि महिलाको इच्छा होइन, प्राकृतिक नियम हो । महिला विरुद्धको हिंसा बढेको बढै छ ! अपराधि भइरहन्छ ।

न्यूनीकरण गर्न, नयाँ नियम बनाउन थुप्रै कुराहरु बाँकी नै छन् । पहिला यी सबै समस्याको हल निकाल सरकार, अपराधि समात। तिम्रो असफलताको कारण महिलालाई समाजमा अयोग्य देखाउन कदापि उचित होइन । तिम्रो राजनीति महिलाको शरीरबाट टाढा राख ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि महिलाको आवरण अनि साथी हेरेर विभिन्न प्रश्न सोधिने गरेको थुप्रै घटनाहरु सुनिरहेको हुन्छौं । कुन अधिकारले महिलाको पहिरन, पेसा र व्यवहारले प्रश्न उठाइन्छ ? नम्र व्यवहार गर्नु महिलाको मात्र कर्तव्य हो ? महिला छिटो परिपक्क हुन्छन् बुझ्ने हुन्छन्।  सहनसिल हुन्छन्, भन्ने कुरा घर गृहस्थी सम्हाल्ने बेलामा मात्र किन आउँछ, किन देशको जिम्मेवारी पद सम्हाल्ने बेला आउदैन ? अब अझै के पर्खिरहेका छौँ हामी ? अहिले नबोले कहिले बोल्ने ?

“केटी मान्छे हो नजर राखिरहनुपर्छ !“ होइन! नजर हटाइदिनुहोस अरु आफै ठिक हुन्छ । कतै लेखेको देखेको थिए “एकान्तमा भेटिएकी नारी तिम्रो जिम्मेवारी हो, शिकार होइन !“ तर एकान्तमा भेटिएकी नारी न तिम्रो सिकार हो न त तिम्रो जिम्मेवारी ! यति बुझे सबै विभेद बिस्तारै न्यूनीकरण हुँदै जान्छन् ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको