बैंकिङ कसुरमा भौतिक योजना तथा पूर्वाधार मन्त्री खत्री बर्खास्त

बैंकिङ कसुरमा कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन्।

फौजदारी अभियोग लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जनाएका हुन्।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेर पक्राउ गर्न आदेश दिएपछि मन्त्रीलाई पदमुक्त गरिएको हो।

मन्त्री खत्री ठेकेदार पनि हुन् । उनको सुर्खेतमा केएसके कन्सट्रक्सन नामक कम्पनी छ ।

मन्त्रीलाई पदमुक्त गरिएपछि अर्को व्यवस्था नहुन्जेलसम्म खत्रीले सम्हाली आएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा मुख्यमन्त्री आफैले सम्हाल्ने बताएका छन् ।

कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएका थिए।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

1 COMMENT

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको