विप्लवको निशानामा मुख्यमन्त्री शाही

जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् ।

बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गरेका हुन् ।

गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समुहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गराएको छ ।

यो भन्दा पहिले पनि जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका शाहीलाई लक्षित गरी चन्द समुहले बम विस्फोट गरेको थियो । त्यस भन्दा पहिले पनि कतै कालो भन्डा त कतै बम विस्फोट गराउदै आइरहेको छ । अहिले सम्म मुख्यमन्त्री शाहीलाई लक्षित गरि तिन पटक वम विस्फोट गरेको छ भने, एक पटके कालो झन्डा देखाएको छ । यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् ।

सिफारिस

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’  यस वर्ष फोटो पत्रकार रमिता छुँजुलाई...

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ।  शनिबार काठमाडौँमा आयोजना गरिएको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको...

राज्यमन्त्री कान्छारामको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

काठमाडौं - प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले...

अस्ताउँदो सूर्यको पूजा गर्दै यसरी मनाइयो छठ (तस्वीरहरू)

काठमाडौं-  छठ पर्वको आज मुख्य दिन। अस्ताउँदो सूर्यलाई अर्घ्य...

पाटन दरबार क्षेत्रमा कार्तिक नाच सुरु

काठमाडौँ - तीन सय ८३ वर्षदेखि चलेको कार्तिक नाच...

ललितपुरको दल्चोकीमा ढकमक्क फुलेको तोरी (तस्वीरहरू)

ललितपुर - ललितपुरको कोन्ज्योसोम गाउँपालिका ३ दल्चोकीमा तोरी फुलेर...

धेरै पढिएको