महेश सिंह , सिरहा –  सिरहामा लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका वडा न ८ बस्ने बिजय पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको पैदल यात्री पासवान लाई चेक जाच गर्दा पक्राउ गरेको हो । १५० पिस नाईट्रोभेट ट्रयाबलेट पसवानले नेपाल तर्फ पैदल ल्याउदै गरेको पासवानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको  सिरहाका प्रबक्ता अपिल राज बोहराले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here