रवि लामिछाने पक्राउबारे रवीन्द्र मिश्रले के भने ?

काठमाडौं- साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन भन्ने कामना गरेका छन् । मिश्रले सामाजिक सञजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गद्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लागेको आरोप गलत भएको सुन्न चाहेको बताएका छन् ।

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दोष हुन भन्न चाहाना राखेको बताएका छन् ।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् ।

मिश्रले ‘रवि लामिछाने र कला सञ्जेल:’ शीर्षक दिएर फेसबुकमा राखेको स्टाटस यस्तो छ :

देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन्। उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन्।

कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए। त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन्।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन्।

उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति। तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ।

हाललाई ह्रिदयदेखिको कामना यत्ति छ कि रवि लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन्।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको